17एफिससमा बस्ने यहूदी र ग्रीक सबै विश्वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
18साथै धेरै विश्वासीहरू आएर आफूले गरेका दुष्ट कामहरू स्वीकार गरे ।
19टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्ने जलाए । तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्का बराबर भयो ।
20यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो ।
21अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
22पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।
23त्यसैबेला एफिससमा यो मार्गको विषयमा ठुलो खैलाबैला मच्चियो ।
24डायनाको चाँदीका मूर्तिहरू बनाउने चाँदीका सिल्पकार डेमेत्रियसले कारीगरहरूलाई धेरै व्यापार जुटाइदिन्थे ।
25त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
26तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्वरहरू होइनन् भनिरहेछ ।