15एउटा दुष्ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस् ?”
16त्यो दुष्ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।