Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 17

प्रेरित 17:22-27

Help us?
Click on verse(s) to share them!
22त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्‍ने कुरा मैले देखेँ ।
23किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
24परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न ।
25न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
26उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
27यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न ।

Read प्रेरित 17प्रेरित 17
Compare प्रेरित 17:22-27प्रेरित 17:22-27