Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 17

प्रेरित 17:11-27

Help us?
Click on verse(s) to share them!
11थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्‍वरको वचनलाई ग्रहण गर्थे ।
12यसकारण तिनीहरूमध्ये केही प्रभावशाली ग्रीक स्‍त्रीहरू लगायत धेरै पुरुषहरूले प्रभुमा विश्‍वास गरे ।
13तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भिडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए ।
14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।
15पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए ।
16पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ती नै मूर्तीले भरिएको देखेर उनको आत्मा उनीभित्र वेचैन भयो ।
17यसैकारण उनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा र बजारमा दिनहुँ भेटिने मानिसहरूसँग पनि यसको बारेमा बहस गरे ।
18तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
19तिनीहरूले पावललाई अरिओपागसमा ल्याए, र उनलाई सोधे, “के हामी तपाईंले बताइरहनुभएको नयाँ शिक्षाको बारेमा जान्‍न सक्छौँ ?
20किनभने तपाईंले केही अनौठा कुराहरू हाम्रो कानमा ल्याउँदै हुनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौँ ।”
21(अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
22त्यसैले पावल अरिओपागसको बिचमा उभिए र यसो भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक क्षेत्रमा धार्मिक हुनुहुन्छ भन्‍ने कुरा मैले देखेँ ।
23किनिक यहाँ हिँड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखेँ । मैले यस्तो एउटा वेदी पनि देखेँ, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
24परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न ।
25न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिनुपर्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ ।
26उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
27यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न ।

Read प्रेरित 17प्रेरित 17
Compare प्रेरित 17:11-27प्रेरित 17:11-27