3तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
4तैँले परमेश्वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्वर मूर्खहरूसित रमाउनुहुन्न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
5भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ ।