7लुगा च्यात्ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय ।
8प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।
9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र ?
10मानव-जातिलाई पुरा गर्न परमेश्वरले दिनुभएको काम मैले देखेको छु ।
11परमेश्वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।
12मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
13हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ । यो नै परमेश्वरको उपहार हो ।
14मलाई थाहा छ, कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।