6खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय । राख्ने एउटा समय छ, र फाल्ने एउटा समय ।
7लुगा च्यात्ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय ।
8प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।
9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र ?
10मानव-जातिलाई पुरा गर्न परमेश्वरले दिनुभएको काम मैले देखेको छु ।
11परमेश्वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।