14मलाई थाहा छ, कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।
15जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्वरले मानिसहरूलाई बनाउनुहुन्छ ।
16सूर्यमूनिको दुष्टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्टता थियो ।