5मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ । मैले तिनमा हर किसिमका फलफुल लगाएँ ।
6जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे ।
7मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए ।
8मैले आफ्नो लागि चाँदी र सुन, राजाहरू र प्रान्तहरूका खजानाहरू थुपारेँ । मैले आफ्नो लागि गायक-गायिकाहरू अर्थात् मानव-जातिको मनोरञ्जन र धेरै उपपत्नीहरू राखेँ ।
9यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा म धेरै महान् र धेरै धनी भएँ, अनि बुद्धि मसितै थियो ।
10मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो ।