Text copied!
Bibles in Nepali (individual language)

२ राजाहरू 11:7-16 in Nepali (individual language)

Help us?

२ राजाहरू 11:7-16 in पवित्र बाइबल

7 शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।
8 हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।
9 त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
10 तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।
11 मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।
12 तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून् !”
13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन् , तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।
14 तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”
15 तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”
16 त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।
२ राजाहरू 11 in पवित्र बाइबल