3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्मको दिनमा झैं म त्यसको नग्नता देखाउनेछु । उजाड-स्थानजस्तै, एउटा सुख्खा लागेको देशजस्तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
4 त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्यागमनका सन्तान हुन् ।
5 किनकि तिनीहरूकी आमा वेश्या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्जास्पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
6 यसकारण त्यसको मार्ग रोक्नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।