8हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्ने छौ ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू । सहरका स्त्रीहरू प्रेमिकासित बोल्दैः
9हे स्त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन् ? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ ? प्रेमिका सहरका स्त्रीहरूसित बोल्दैः
10मेरा प्रेमी उज्ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्ठ हुनुहुन्छ ।