Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 22:2-14 in Nepali (individual language)

Help us?

लेवीहरू 22:2-14 in पवित्र बाइबल

2 “हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।
3 तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।
4 हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
5 वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
6 र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
7 घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
8 मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।
9 पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
10 पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।
11 तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन् ।
12 यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
13 तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
14 यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।
लेवीहरू 22 in पवित्र बाइबल