Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 22

लेवीहरू 22:2-14

Help us?
Click on verse(s) to share them!
2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।
3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।
4हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
5वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
7घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
8मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।
9पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
10पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।
11तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन् ।
12यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
13तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
14यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।

Read लेवीहरू 22लेवीहरू 22
Compare लेवीहरू 22:2-14लेवीहरू 22:2-14