Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 13

रोमी 13:3-11

Help us?
Click on verse(s) to share them!
3असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।
4किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।
5यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।
6तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् ।
7तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।
8एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
9किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
10प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ ।
11यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।

Read रोमी 13रोमी 13
Compare रोमी 13:3-11रोमी 13:3-11