Text copied!
Bibles in Nepali (individual language)

न्यायकर्ताहरू 3:5-26 in Nepali (individual language)

Help us?

न्यायकर्ताहरू 3:5-26 in पवित्र बाइबल

5 यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
6 तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
7 परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
8 यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्‍म कूशन-रिशातैमको सेवा गरे ।
9 जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्‍निएल (कालेबका भाइ) थिए ।
10 परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
11 देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो ।
12 त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
13 एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
14 इस्राएलका मानिसहरूले अठार वर्षसम्‍म मोआबका राजा एग्लोनको सेवा गरे ।
15 जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
16 एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे ।
17 तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
18 एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
19 गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
20 एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
21 एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
22 त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
23 त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
24 एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
25 राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
26 अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
न्यायकर्ताहरू 3 in पवित्र बाइबल