Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 18

न्यायकर्ताहरू 18:20-26

Help us?
Click on verse(s) to share them!
20ती पुजारीको हृदय हर्षित भयो । तिनले त्यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।
21यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
22जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्‍ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
23तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
24तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्‍यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
25दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
26त्यसपछि दानका मानिसहरू आफ्‍नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।

Read न्यायकर्ताहरू 18न्यायकर्ताहरू 18
Compare न्यायकर्ताहरू 18:20-26न्यायकर्ताहरू 18:20-26