Text copied!
Bibles in Nepali (individual language)

२ शमूएल 23:1-17 in Nepali (individual language)

Help us?

२ शमूएल 23:1-17 in पवित्र बाइबल

1 अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्‍च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्‍वरले अभिषेक गर्नुभएको व्‍यक्‍ति, इस्राएलको सुमधुर भजनकार ।
2 “परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।
3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्‍वरको भयमा शासन गर्छ ।
4 त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।
5 वास्तवमा, के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्‍थापित र पक्‍का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्‍न र?
6 तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्‍मा पार्न सकिंदैन ।
7 तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ । जहाँ तिनीहरू बस्‍छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ' ।”
8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।
9 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।
10 एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।
11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।
12 तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।
13 तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।
14 त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।
15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!”
16 त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा चढाए ।
17 अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्‍यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए ।
२ शमूएल 23 in पवित्र बाइबल