Text copied!
Bibles in Nepali (individual language)

१ राजाहरू 7:5-20 in Nepali (individual language)

Help us?

१ राजाहरू 7:5-20 in पवित्र बाइबल

5 सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तिन-तिनवटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए । त्यहाँ पचास हात लामो र तिस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो ।
6 त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।
7 सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो ।
8 सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए ।
9 यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए ।
10 जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए ।
11 तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए ।
12 परमप्रभुको मन्दिरको चोक र त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो ।
13 सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए ।
14 हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए ।
15 हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।
16 तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो ।
17 हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए ।
18 यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए ।
19 दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए ।
20 दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए ।
१ राजाहरू 7 in पवित्र बाइबल