Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 3:19-30 in Nepali (individual language)

Help us?

हितोपदेश 3:19-30 in पवित्र बाइबल

19 बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
20 उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।
21 हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
22 ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन् ।
23 तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन ।
24 तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ ।
25 दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
26 किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।
27 तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।
28 तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”
29 तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
30 तँलाई कसैले हानि नपुर्‍याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
हितोपदेश 3 in पवित्र बाइबल