3 स्त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
4 यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्न ।
5 किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
6 नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
7 त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन ।
8 बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
10 कसले सुयोग्य पत्नी पाउन सक्छ ? उनको मूल्य रत्नहरूभन्दा बहुमूल्य हुन्छ ।
11 उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।
12 उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,
13 उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।