Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 27:16-23 in Nepali (individual language)

Help us?

हितोपदेश 27:16-23 in पवित्र बाइबल

16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।
17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।
18 अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।
19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
20 जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् ।
21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
22 मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
हितोपदेश 27 in पवित्र बाइबल