Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 26:3-27 in Nepali (individual language)

Help us?

हितोपदेश 26:3-27 in पवित्र बाइबल

3 कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।
4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।
5 मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।
6 मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।
7 पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ ।
8 मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्‍नुजस्तै हो ।
9 मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो ।
10 मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्‍याउनुजस्तै हो ।
11 जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ ।
12 के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस् ? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
13 अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
14 ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
15 अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्‍याउन पनि त्योसित शक्ति हुँदैन ।
16 सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ ।
17 कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
18 त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,
19 जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र ?”
20 दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।
21 जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।
22 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
23 माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्‍याउने ओठ र दुष्‍ट हृदय हुन्छ ।
24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।
25 त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।
26 त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ ।
27 खाडल खन्‍ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।
हितोपदेश 26 in पवित्र बाइबल