Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 23:9-14 in Nepali (individual language)

Help us?

हितोपदेश 23:9-14 in पवित्र बाइबल

9 मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।
10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।
11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।
12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।
13 बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।
14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।
हितोपदेश 23 in पवित्र बाइबल