Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 20:6-16 in Nepali (individual language)

Help us?

हितोपदेश 20:6-16 in पवित्र बाइबल

6 धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ ?
7 धर्मात्मा आफ्नो सत्यनिष्‍ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् ।
8 न्यायको काम गर्दै सिंहासनमा बस्‍ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।
9 कसले भन्‍न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु ?”
10 नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
11 एउटा बालकलाई पनि त्यसका गतिविधिहरूबाट त्यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्छ ।
12 सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।
13 निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
14 “यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।
15 सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो ।
16 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
हितोपदेश 20 in पवित्र बाइबल