Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 18:6-20 in Nepali (individual language)

Help us?

हितोपदेश 18:6-20 in पवित्र बाइबल

6 मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।
7 मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
8 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
9 आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।
10 परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
11 धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।
12 आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।
13 सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
14 मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र ?
15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।
16 मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।
17 प्रतिद्वन्दी अगाडि बढेर प्रश्‍नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ ।
18 चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।
19 बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो ।
20 आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ ।
हितोपदेश 18 in पवित्र बाइबल