14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ ।
15 असल अन्तर्दृष्टिले स्नेह प्राप्त गर्छ, तर विश्वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।
16 समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।
17 दुष्ट दूत सङ्कष्टमा फस्छ, तर विश्वासयोग्य दूतले मिलाप ल्याउँछ ।
18 अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्ने जनमा आदर आउने छ ।
19 पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्टताबाट फर्कन मन पराउँदैनन् ।