19 सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।
20 खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।
21 धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
22 परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।
23 विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।
24 परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ ।
25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्न पार्छ ।