Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 10:24-32 in Nepali (individual language)

Help us?

हितोपदेश 10:24-32 in पवित्र बाइबल

24 दुष्‍ट व्यक्तिको डरले त्यसलाई उछिन्‍ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
25 दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।
26 दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।
27 परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्‍टको आयु छोटिने छ ।
28 धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्‍ट मानिसहरूको आयु छोटिने छ ।
29 परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।
30 धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्‍टचाहिँ पृथ्वी रहने छैन ।
31 धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
32 धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।
हितोपदेश 10 in पवित्र बाइबल