Text copied!
Bibles in Nepali (individual language)

हितोपदेश 10:11-21 in Nepali (individual language)

Help us?

हितोपदेश 10:11-21 in पवित्र बाइबल

11 धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
12 घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
13 बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
15 धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।
16 धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ ।
17 अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।
18 घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
19 जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
20 धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
21 धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
हितोपदेश 10 in पवित्र बाइबल