Text copied!
Bibles in Nepali (individual language)

श्रेष्‍ठगीत 2:1-12 in Nepali (individual language)

Help us?

श्रेष्‍ठगीत 2:1-12 in पवित्र बाइबल

1 प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ । प्रेमिका प्रेमीसित बोल्दैः
2 काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन् । प्रेमिका आफैसित बोल्दैः
3 जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ ।
4 उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः
5 मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः
6 उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
7 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
8 मेरा प्रेमीको सोर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ ।
9 मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ ।
10 मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ ।
11 हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो ।
12 पृथ्वीमा फुलहरू देखा परेका छन् । छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ ।
श्रेष्‍ठगीत 2 in पवित्र बाइबल