Text copied!
Bibles in Nepali (individual language)

व्यवस्था 21:10-17 in Nepali (individual language)

Help us?

व्यवस्था 21:10-17 in पवित्र बाइबल

10 जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,
11 तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्‍त्री देख्यौ र त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने
12 त्यसलाई आफ्नो घरमा लैजानू । त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे ।
13 त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्यसपछि तिमी त्योसित सुत्‍न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्‍नी हुन्छे ।
14 तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्‍ट गरेका छौ ।
15 कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने
16 अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन ।
17 बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो ।
व्यवस्था 21 in पवित्र बाइबल