Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 6:2-23 in Nepali (individual language)

Help us?

लेवीहरू 6:2-23 in पवित्र बाइबल

2 “यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,
3 वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,
4 र यदि त्यसले पाप गरेको छ र त्यो दोषी ठहरियो भने, त्यसले चोरी गरेर वा अत्याचार गरेर लिएको, वा त्यसको जिम्मामा भएको, वा हराएर त्यसले पाएको सबै फिर्ता गरोस् ।
5 साथै, त्यसले कुनै विषयमा झुटो किरिया हालेको भए, त्यो दोषी ठहरिएको दिनमा त्यसले त्यो पूर्ण रूपमा फिर्ता गरोस्, र त्यसको मूल्यको पाँचौँ भाग थपेर त्यसको मालिकलाई दिओस् ।
6 त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।
7 पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”
8 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,
9 “हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू, ‘होमबलिको विधि यस्तो रहेको छः होमबलि रातभर र बिहानसम्मै वेदीको चुल्होमाथि रहोस्, र वेदीको आगो बलिरहोस् ।
10 पुजारीले आफ्ना सूतीका पोशाकहरू र भित्री वस्‍त्रहरू पहिरिने छ । होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि त्यसबाट निस्केको खरानी त्यसले लिने छ, र त्यस खरानीलाई वेदीको छेउमा राख्‍ने छ ।
11 त्यसले आफ्ना वस्‍त्रहरू फुकाल्‍ने छ र छाउनीभन्दा बाहिर शुद्ध स्थानमा खरानी लैजानको निम्ति अर्को वस्‍त्र पहिरिने छ ।
12 वेदीको आगोलाई भने बालिराख्‍नू । त्यो ननिभोस्, र पुजारीले हरेक बिहान त्यसमा दाउरा बालोस् । त्यसले आवश्‍यक भएअनुसार त्यसमा होमबलिलाई मिलाएर राख्‍ने छ, र मेलबलिको बोसोलाई त्यसमा जलाउने छ ।
13 वेदीमा आगो निरन्तर बालिराख्‍नू । त्यो ननिभोस् ।
14 अन्‍नबलिको विधि यस्तो रहेको छ । परमप्रभुको अगि वेदीको सामु हारूनका छोराहरूले त्यो अर्पण गरून् ।
15 अन्‍नबलिको पिठो, तेल र धूपबाट पुजारीले एक मुट्ठी चिन्हको रूपमा लिएर मिठो सुगन्ध दिनको निम्ति वेदीमा जलाउने छ ।
16 हारून र उसका छोराहरूले त्यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्यो भेट हुने पालको चोकमा खाऊन् ।
17 त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।
18 तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्‍ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”
19 यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,
20 “हारून र त्यसका छोराहरूले हरेक छोराको अभिषेक गर्ने दिनमा परमप्रभुलाई अर्पण गर्ने बलि यस प्रकार रहेको छः नियमित अन्‍नबलिझैँ आधा पाथी मसिनो पिठो, आधाचाहिँ बिहान र आधा साँझ ।
21 त्यसलाई पकाउने भाँडामा तेलसँग मिसाएर बनाइयोस् । त्यो भिजेपछि भित्र ल्याउनू । त्यो पाकेपछि अन्‍नबलिलाई टुक्रा गरी परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति अर्पण गरियोस् ।
22 प्रधान पुजारीका छोराहरूमध्ये हुनेवाला प्रधान पुजारीले त्यो अर्पण गरोस् । सधैँ आज्ञा गरिएझैँ ती सबै परमप्रभुको निम्ति जलाइयोस् ।
23 पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”
लेवीहरू 6 in पवित्र बाइबल