Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 25:19-23 in Nepali (individual language)

Help us?

लेवीहरू 25:19-23 in पवित्र बाइबल

19 भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्‍त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ ।
20 तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।”
21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने छ ।
22 आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्‍ने छौ ।
23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्‍नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।
लेवीहरू 25 in पवित्र बाइबल