Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 20:17-22 in Nepali (individual language)

Help us?

लेवीहरू 20:17-22 in पवित्र बाइबल

17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
18 कोही पुरुष स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सुत्‍यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्‍त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्‍कृत गरिनुपर्छ ।
19 आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्‍ने छस् ।
20 कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन् ।
21 कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।
22 त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू । यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस् ।
लेवीहरू 20 in पवित्र बाइबल