Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 18:15-28 in Nepali (individual language)

Help us?

लेवीहरू 18:15-28 in पवित्र बाइबल

15 आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत् ।
16 आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।
17 कुनै स्‍त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो ।
18 आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
19 कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
20 आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
21 आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
22 स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो ।
23 कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।
24 यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।
25 तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो ।
26 यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू ।
27 तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।
28 तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।
लेवीहरू 18 in पवित्र बाइबल