Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 13:39-44 in Nepali (individual language)

Help us?

लेवीहरू 13:39-44 in पवित्र बाइबल

39 पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्‍केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।
40 यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ ।
41 यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ ।
42 तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्‍केको सरुवा रोग हो ।
43 त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।
44 यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।
लेवीहरू 13 in पवित्र बाइबल