Text copied!
Bibles in Nepali (individual language)

लुका 5:17-34 in Nepali (individual language)

Help us?

लुका 5:17-34 in पवित्र बाइबल

17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो ।
18 केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे ।
19 तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।
20 येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
21 शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्दा गर्ने को हो ? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ ?”
22 येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?
23 कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु ?‘
24 तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।”
25 तुरुन्तै तिनीहरूको सामुन्‍ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
26 सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
27 यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
28 त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
29 तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
30 तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ ?”
31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।”
32 म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।
33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र ?”
लुका 5 in पवित्र बाइबल