Text copied!
Bibles in Nepali (individual language)

लुका 24:14-20 in Nepali (individual language)

Help us?

लुका 24:14-20 in पवित्र बाइबल

14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।
17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ ?”
19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो ।
20 र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
लुका 24 in पवित्र बाइबल