Text copied!
Bibles in Nepali (individual language)

लुका 15:1-23 in Nepali (individual language)

Help us?

लुका 15:1-23 in पवित्र बाइबल

1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए ।
2 फरिसीहरू र शास्‍त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।”
3 येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,
4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ?
5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ ।
6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
7 म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
8 अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र ?
9 जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’
10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”
11 त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
12 र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए ।
13 धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे ।
14 जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले ।
15 उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए ।
16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे ।
17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु !
18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु ।
19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’
20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए ।
21 छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’
22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’
23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ ।
लुका 15 in पवित्र बाइबल