17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
19 तब तिमीले भन्नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
20 त्यो सत्य हो । तिनीहरूको अविश्वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्वासले खडा छौ । आफैँलाई अति उच्च नठान, तर भय मान ।
21 किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
22 तब परमेश्वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्वरको कठोरता आइपर्यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्यौ भने तिमीहरूमाथि परमेश्वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
24 यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?
25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्ने म चाहन्नँ, ताकि तिमीहरू आफ्नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
26 त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
27 अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
28 एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।
29 किनकि परमेश्वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
30 किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्त गरेका छौ ।
31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकून् ।