Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 9:6-12 in Nepali (individual language)

Help us?

यूहन्‍ना 9:6-12 in पवित्र बाइबल

6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
8 त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने, “त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन ?”
9 केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त ?”
11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्‍टि पाएँ ।”
12 तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन् ? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
यूहन्‍ना 9 in पवित्र बाइबल