Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 6:58-64 in Nepali (individual language)

Help us?

यूहन्‍ना 6:58-64 in पवित्र बाइबल

58 स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”
59 तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो ।
60 यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ ?”
61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ ?”
62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि ?
63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।
64 तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
यूहन्‍ना 6 in पवित्र बाइबल