41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”
42 तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्न सक्छ ?”
43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”
44 मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
45 अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
46 परमेश्वरबाट आएकाले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
47 साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
48 म जीवनको रोटी हुँ ।
49 तिमीहरूका पिताहरूले मरुभूमिमा मन्न खाए, र तिनीहरू मरे ।
50 यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।
51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।”
52 यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ ?”
53 तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।
54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।
55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।
56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।