Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 4:9-20 in Nepali (individual language)

Help us?

यूहन्‍ना 4:9-20 in पवित्र बाइबल

9 त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको ?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् ।
10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
11 स्‍त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्‍टिन छैन; इनार पनि गहिरो छ । अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त ?
12 के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए ?”
13 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।”
15 स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म फेरि तिर्खाउनेछैन र यहाँ पानी लिन आउनुपर्नेछैन ।”
16 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ आऊ ।”
17 स्‍त्रीले उहाँलाई जवाफ दिइन् र भनिन्, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भनेकी छ्यौ ।
18 किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् र अहिले भएको पनि तिम्रो लोग्‍ने होइन । तिमीले भनेकी कुरो साँचो हो ।”
19 स्‍त्रीले उहाँलाई भनिन्, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्‍छु ।
20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”
यूहन्‍ना 4 in पवित्र बाइबल