Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 3:2-10 in Nepali (individual language)

Help us?

यूहन्‍ना 3:2-10 in पवित्र बाइबल

2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्न‍हरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।”
4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त ?
5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।
7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान ।
8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”
9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्” ?
10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ?
यूहन्‍ना 3 in पवित्र बाइबल