4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्ने तिमीहरूले जान्न सक ।”
5 त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर !”
6 जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग !” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
9 अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन ?”
11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”
13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।
14 निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ !”
15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस् !” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो ?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
16 तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ ।
18 त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।