Text copied!
Bibles in Nepali (individual language)

यहोशू 19:6-22 in Nepali (individual language)

Help us?

यहोशू 19:6-22 in पवित्र बाइबल

6 बेथ-लबाओत, शारूहेन ।
7 शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।
8 बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।
9 शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्‍यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो ।
10 कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।
11 तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो ।
12 सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।
13 त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो ।
14 सिमानाले हन्‍नतोनतिर उत्तरतिर मोड लियो र यिप्‍ताहएलको बेँसीमा टुङ्गियो ।
15 यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
16 यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो ।
17 चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो ।
18 तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,
19 हपरैम, शीओन र अनाहारत ।
20 यसमा रब्बीत, किश्‍योन, एबेस,
21 रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
22 तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए ।
यहोशू 19 in पवित्र बाइबल