32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
33 पश्चिमतिरको तल्लो पहाडी देशमा, एश्तोल, सोरा, अश्ना,
34 जानोह, एनगन्नीम, तप्पूह, एनाम,
35 यर्मूत, अदूल्लाम, सोको, आजेका,
36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
37 सनान, हदाशा, मिग्दलाद,
38 दिलान, मिस्पा, योक्तेल,
39 लाकीश, बोस्कत, एग्लोन,
40 कोब्बन, लहमास, कितलीश,
41 गदेरोत, बेथ-दागोन, नामा, मक्केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
42 लिब्ना, एतेर, आशान,
43 यिप्ताह, अश्ना, नसीब,
44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
47 अश्दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।