Text copied!
Bibles in Nepali (individual language)

यहोशू 15:16-28 in Nepali (individual language)

Help us?

यहोशू 15:16-28 in पवित्र बाइबल

16 कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”
17 जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।
18 त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
22 कीना, दीमोना, अदाद,
23 केदेश, हासोर, यित्‍नान,
24 जीप, तेलेम, बालोत,
25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
26 अमाम, शेमा, मोलादा,
27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,
28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
यहोशू 15 in पवित्र बाइबल